कावासोती । अब ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गरे वापत ५ हजार रुपैयाँ सम्म जरीवाना गर्न पाउने भएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले मंगलबार एक परिपत्र पठाउदै साउन १ गते बाट ५ हजार रुपैयाँ सम्म जरीवाना गर्न निर्देशन दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आर्थिक बर्ष २०७९/०८० श्रावण १ गते देखि गण्डकी प्रदेश भरीका ट्राफिक प्रहरी कार्यालयहरुबाट सवारी साधनहरुले नियम उल्लघंन गरे अधिकतम जरीवाना रकम ५ हजार सम्म जरीवाना गर्न निर्देशन दिएको हो ।
ट्राफिकले निर्धारित भाडा रकम भन्दा बढी भाडा लिई सवारी चलाएमा, सवारी दर्ता नगरी सवारी चलाएमा, बाटो ईजाजत पत्र (Road Permit) नलिई सार्वजनिक सवारीले यातायात सेवा संचालन गरेमा, दुर्घटनामा परेको सवारी तथा यात्रुहरुको हानि पुरÞ्याएको तथा सम्पर्कमा नआएमा, सवारी आवागमनमा बाधा पुरÞ्याएमा, सामान्य स्वरुप परिवर्तन (Modify) गरेको/कालो स्टीकर लगाएमा, बिदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएमा र यातायात सेवालाई पन्जिकृत नगरेमा अधिकतम जरीवाना ५ हजार रुपैयाँ सम्म जरीवाना गर्न निर्देशन दिएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१