नवलपुर,मंसिर ४ – गैडाकोट नगरपालिका खत्रिफिटमा हिजो अटो रिक्साले रोकि राखेको अर्को अटो रिक्सालाई ठक्कर दिदा सोमबार हिजो राति १ जनाको मृत्यु भएको छ । राति १० वजे भएको दुर्घटनामा जिल्ला लमजुङ घर भएकि आन्दाजि ६० वर्षकि लुरी सार्कीको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
पश्चिम बाट पुर्वतर्फ जादै गरेको ना २ ह ५७५१ नंको अटो रिक्साले रोकि राखेको ना २ ह ८८४ नम्बरको अकर्को अटो रिक्सालाई ढक्कर दिदा ना २ ह ५७५१ नं मा सवार सार्कीको मृत्यु भएकोहो । ढक्कर दिने चालक र अटो इलाका प्रहरी कर्यालय गैडाकोटको नियन्त्रणमा रहेका छन ।
त्यसैगरी सोमबार राती कावासोती १५मा मोटरसाइकल दुर्घटना हुदा ४ जना घाइते ३ को अवस्था गम्भिर रहेको छ ।सोमबार साझ ९ बजे कावासोती भित्री सडकखण्ड बरौली टोलमा गोछडाबाट अमलटारी जादै गरेको लु ४० प २३३३ नंको मोटरसाइल र बिपरित दिशाबाट आउदै गरेको ना २३ प ७८७१ नको मोटरसाइकल एक आपसमा ठोक्किदा ४ जना घाइते भएको जिल्ल प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।
घाइते हुनेमा लु ४० प २३३३ नंको मोटरसाइल चालक कावासोती १२ का बर्ष २५ का राजु गुरौ सोही मोटरसाइकल पछाडी सवार कावासोती बस्ने बर्ष २१ का समिल थापा मगर ना २३ प ७८७१ नको मोटरसाइकल चालक कावासोती १४ बस्ने बर्ष २२ का विरेन्द्र महत्तो गम्भिर घाइते भएको र सोही मोटरसाइकल पछाडी सवार कावासोती १४ बस्ने बर्ष १९ का विवेक थनेत गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।गम्भिर घाइते चारै जनाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरीले जानकारी दिए)को छ ।
यस्तै गैडाकोट नगरपालिका गैडाकोट ढाट नजिकै हिजै भएको दुर्घटनामा ४ जना घाइते भएका छन् । पुर्व बाट पश्चिम तर्फ गेैरहेको ना ३ च ९४१५ नं को बोलेरो जिपलाई सोहि दिशा तर्फ गैरहेको एच आर ३८ यु ९७८१ नं को भारतीय कन्टेनरले पछाडिबाट ढक्कर दिएको हो । घाइते मध्ये एक जना डिस्चार्ज भैसकेको र ३ जनाको नयाँ मेडिक कलेज भरतपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । घाइतेको अवस्था भने सामान्य छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१