कावासोती । पूर्बि नवलपरासीको नवलपुरमा सडक दुर्घटना न्युनिकरण गर्न युवाहरु सडकमा नै उत्रिएका छन् । शनिबार नवलपुरको सदरमुकाम कावासोतीमा युवाहरु सडकमा नै उत्रिएर सडक दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतना कार्यक्रम गरेका हुन् ।
गण्डकी प्रदेशको सबै भन्दा बढी दुर्घटना हुने जिल्ला नवलपुरमा शनिबार करिब ५ सय भन्दा बढी सवारी चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर र यस क्षेत्रका बिभिन्न संघ सस्थाका युवाहरुले दुर्घटना न्युनिकरण सम्बन्धि शिक्षा दिएका हुन् । तिब्र गति जीवनको क्षेती लगाएतका नारा सहित कावासोतीको फलफुलचोकमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी साहयक निरिक्षक तारा अर्यालले नवलपुरको सडकको क्षमता , तिब्र गति , मापासे गरी सवारी चलाउदा बढी दुर्घटना हुने भएकाले चालकहरुलाई यसमा सचेत हुन आग्रह गरेका थिए । ट्राफिक नियमका जनचेतनामुलक सन्देश दिँदै कार्यक्रम सम्पन्न गरिएको हो । नवलपुरको हरीयाली संस्था , बातावरण जनजागरण विकास मञ्च कावासोती र नवलपुर एफ. एम.को संयुक्त आयोजनामा कार्यक्रम गरिएको होे । नवलपुर क्षेत्रमा बढ्दो सडक दुर्घटनालाई न्युनीकरण गर्ने उद्धेश्यका साथ आयोजना भएको आयोजीत कार्यक्रममा राजमार्गमा गुडेका प्रत्येक सवारी साधनलाई रोक्दै सवारी चालकहरुलाई ट्राफिक नियम सिकाईएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१