मीनाक्षी कंडेल(सृजना)
कावासोती । मध्यविन्दु जिल्ला अस्पतालले सञ्चालन गरेको १ दिने निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ५२ जनाले स्वास्थ्य लाभ लिएका छन् ।
नसर्ने रोगको परिक्षण तथा स्वास्थ्य शिविर उपचारमा उनिहरुले स्वास्थ्य लाभ लिएका हुन् । नसर्ने रोगको स्वास्थ्य उपचार सम्बन्धी सचेतनासंगै उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी उपलब्ध हुने उद्घेश्य सहित उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । अस्पतालले सामुदायिक कार्यक्रम अन्तगर्त मंगलबार मध्यबिन्दु जिल्ला अस्पतालको आयोजना र नवलपुर मधुमेह संघ, नेपाल रेडक्रस सोसाईटी उपशाखा अरुणखोलाको सह–आयोजनामा मध्यबिन्दु १० अरुणखोलामा सञ्चालित शिविर उनिहरुले लाभ लिएका हुन् । ८० पुरुष ७२ जना महिला सहित १ सय ५२ जनाले निःशुल्क स्वास्थ्य लाभ लिएको मध्यविन्दु जिल्ला अस्पतालका सुचना अधिकारी छबिलाल सुवेदीले जानकारी दिए । शिविरमा मध्यविन्दु जिल्ला अस्पतालका १६ जना चिकित्सक,स्वास्थ्यकर्मी २ जना विशेषज्ञ चिकित्सक द्वारा सेवा प्रदान गरिएको थियो । शिविरमा रगत परिक्षण,आँखा जाच, औषधीसंगै आवश्यक परार्मश समेत प्रदान गरिएको सुचना अधिकारी सुवेदीले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१