परासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको तुरिया खोलाको डाइभर्सन बाढीले बगाएको छ । डाइभर्सन बगाए पछि अहिले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । सुनवल नगरपालिकामा पर्ने तुरिया खोलाको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको हो ।
बिहीबार राति परेको भारी वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि रातिदेखि नै सवारी आवागमन रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
खोलामा पानीको मात्रा घटेपछि डाइभर्सन बनाउन शुरु गरिने भएकाले सडक सुचारु हुन केही घण्टा लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनबहादुर खांणले जानकारी दिए ।
उक्त सडक अवरुद्ध भएकाले पूर्वबाट आउने सवारी साधनहरु भुमही–परासी सडक खण्ड हुँदै र बुटवलबाट पूर्वतर्फ जाने सवारी साधनहरु भैरहवा–परासी हुँदै आउ–जाउ गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।गत वर्ष तुरिया खोलाको फलामे पुल भँंचिएपछि डाइभर्सन बनाइएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१