ज्ञानु पंगेनी
कावासोती । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गत निर्बाचनमा काग्रेंस आफनै कारणले हारेको तर अब काग्रेंसलाई एक बनाएर आगामी चुनाबमा काग्रेंसलाई पहिलो पार्टी बनाउन आफु अग्रसर भएर लागेको बताएका छन । महासमितिको बैठकले काग्रेंसलाई एकता बद्ध बनाएर अघि लगेको बताउँदै कोईरालाले अब काग्रेंस भित्र कुनै बिबाद नरहेको प्रष्ट समेत पारे ।
नवलपरासी पूर्व कावासोतमिा सोमवार आयोजना गरेको ४३ औं राष्टिय मेलमिलाप दिबस समारोहलाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले सो कुरा बताएका हुन । उनले अब गुट र उपगुट होईन सबल काग्रेस आजको आबश्यकता हो भन्दै पार्टीमा अब गुट र उपगुटको अन्त्य गरेर पार्टीलाई पुर्नजीवन दिन आफु लागेको बताए । बीपी कोईरालाको बिचारले काग्रेंसलाई एक बनाएर अघि बढाउन आफुले पहल थालेको र राष्ट्रिय मेलमिलापले अब काग्रेंसलाई एक ढिक्का बनाएर अघि बढन सन्देश दिएको समेत बताए । काग्रेंसको आफनै ईतिहास र संगठन रहेको स्मरण गर्दै काग्रेंस नेताहरु र कार्यकर्ता अब गाउँ गाउँमा पुगेर पार्टीको संगठनलाई मजबुत बनाउन लाग्नुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभामा बिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले बीपीको राष्ट्रिय मेलमिलाप नीतिले काग्रेंसलाई अब एकताको बाटोमा डोरयाउने बताए े । अब पनि गुट र उपगुटको राजनीति गरेर काग्रेंस सिध्याउने लाग्नेलाई कार्यकर्ताले माफी दिन नहुने र त्यसका लागि आफु काग्रेंसको एकतालाई मजबुत बनाउन लागेको बताएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१