काठमाडौँ ।पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल (भिटोफ) ले सल्लाहकारमा नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा सक्रिय सिलवालले २०७२ को भूकम्पसँगै आएको हिमपहिराले मानवविहीन लाङटाङमा पहिलो पत्रकारका रूपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गर्नुभएको थियो । टुर–ट्रेकिङ गाइडिङमा पनि संलग्न उहाँ पदयात्रा प्रशिक्षकसमेत हुनुहुन्छ ।
लाङटाङ सद्भावना दूत सिलवालका ‘कलम’, ’लेखक दुनियाँ’ र ’श्रीलङ्का स्मृति’ कृति प्रकाशित छन् । पछिल्लो समय उहाँ प्रकृति र संस्कृतिका सामान्य ठानिएका विषयलाई आधार बनाएर मानवजीवनलाई उज्यालो बनाउने उद्देश्यसहित सुरु गरिएको कखरा माध्यम प्रालि सञ्चालन गर्नुहुन्छ (रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१