चोरमारा । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले गिरुवारीले खोलाका कारण हुन सक्ने सम्भाव्य विपदको स्थलगत निरिक्षण गर्नु भएको छ । मध्यविन्दु – ८ र १५ नं. वडामा गिरुवारी खोलाको कारण प्रत्येक वर्ष ठुलो क्षति हुने गर्छ ।
नगर प्रमुख अधिकारीले प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, मध्यविन्दु–१५ का वडा अध्यक्ष याम बहादुर के.सी., नगरपालिकाका प्राविधिक सहितको टोलिले स्थलगत निरिक्षण गरेको हो । निरिक्षणको क्रममा गत वर्ष कात्तिक पहिलो साता आएको बाढीले रानिटार झलुङ्गेपुल, गिरुवारी खोला पुल उत्तर तर्फ, झ्याङ्कटा, गडार खोला क्षेत्रमा पुगेको क्षतिको समेत उहाँले अनुगमन गर्नु भयो । ति क्षेत्रमा तटबन्धको लागि भइरहेको कामको बारेमा नगर प्रमुख अधिकारीले प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, नगरपालिकाका प्राविधिकहरु संग जानकारी लिनुभयो ।
उहाँले रानिटार झलुङ्गे पुल क्षेत्रमा जनता तटबन्ध कार्यक्रम मार्फत हुने तटबन्धको कामलाई तत्काल शुरुवात गर्न ठेक्केदार कम्पनीसंग समन्वय समेत गर्नुभयो । यस्तै मध्यविन्दु–६ को विभिन्न क्षेत्रको सिचाईं बाधको समेत उहाँले निरिक्षण गर्नु भएको थियो ।
यस्तै मध्यविन्दु नगरपालिका–१५ मा गिरुवारी खोलाले पु¥याउन सक्ने क्षतिको अवलोकन संगै गडार खोलाको कारण भइरहेको जोखिमको समेत उहाँले अवलोकन गर्नुभयो । सो क्रममा उहाँले नगरपालिका मार्फत जालि व्यवस्थापन गरिने बताउनुभयो ।
उहाँले मध्यविन्दु–८ को झ्याङ्कटा क्षेत्रमा गिरुवारी खोलाको कारण रहेको जोखिमको निरिक्षण गर्दै तत्कालिन र दीर्घकालिन योजना रुपमा सम्भाव्य विपद न्यूनिकरणको कदम चालिने बताउनुभयो । उहाँले मध्यविन्दु–८ को रातो पहारा हुदै मध्यविन्दु–१३ जोड्ने सडकको अनुगमन समेत गर्नुभयो । सो क्रममा उहाँले रातो पहरा क्षेत्रको बाँकी काम सम्पन्न गर्न प्रदेश सरकारलाई आवश्यक बजेटको लागि योजना पेश गरिएको र प्रदेशबाट व्यवस्थापन हुन नसके नगरपालिकाबाट आवश्यक व्यवस्थापन गरेर भएपनि नियमित सवारी सञ्चालनको वातावरण तयार गरिने बताउनुभयो ।
नगर प्रमुख अधिकारीले मध्यविन्दु–८ कै गिरुवारी खोला पुल उत्तर तर्फ कात्तिक पहिलो साताको बाढीले पुगेको क्षतिको अवलोकन गर्दै त्यहाँ भइरहेको तटबन्ध निर्माणको बारेमा जानकारी लिनु भएको थियो । तटबन्धको काम तत्काल सक्नेगरी अगाडी बढाउन र नगरको तर्फबाट विनियोजित रकमबाट समेत हुने कामको लागि आवश्यक समन्वय गर्न प्रमुख प्रशासकीय अधिकृत र प्राविधिकहरुलाई निर्देशन दिनुभयो । उहाँले जोखिम सम्भाव्य क्षेत्रको पहिचान गरि नदीजन्य पदार्थको व्यवस्थापन संगै खोला च्यानलाईज गर्ने गरी काम अगाडी बढाउने बताउनुभयो ।
नगर प्रमुख अधिकारीले मध्यविन्दु नगरपालिकाको विभिन्न वडाहरुमा सम्भाव्य विपद जोखिमको अनुगमन नगरपालिकाले गर्ने बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१