कावासोती । केही दिन यता चिसो बढेसँगै नबलपुर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । चिकीत्सकका अनुसार अहिले दैनिक रुपमा बिरामीको संख्या पहिलेको तुलनामा बढ्दै गइरहेको हो । बिरामीमध्ये रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी पुग्ने गरेका छन् । यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाका पनि रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
मध्यबिन्दु नगरपालीका ७ चोरमारामा रहेको प्राथमीक स्वथ्य चौकीमा पनि पहिलेको भन्दा यो समयमा रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यचौकीका इञ्चार्जले बताए । जिल्लामा भाइरलकै रुपमा ज्वरो, रुघाखाकी नदेखिए पनि मौसमी प्रभावले अधिकांश मानिसमा यो समयमा ज्वरो आउनुका साथै रुघाखोकी लागिरहेको चिकीत्सवकहरुले बताएका छन् । साथै यो समयमा दम र निमोनियाका बिरामीको सङ्ख्या पनि पहिलेको तुलनामा बढिरहेको छ । चिसोबाट बच्न न्यानो लुगा लगाउन, तातो ठाउँमा बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । तातोपानीसँगै तातो खानेकुरा खायो भने पनि चिसोबाट बच्न सकिने उनीहरुको भनाइ छ । चिसोमा बालबालिका र वृद्धवृद्धाको अझै धेरै ख्याल गर्नुपर्ने उनीहरुको सुझाव छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१