कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले वैशाख १ गते देखि १९ गते सम्मको अवधिमा ३७ लाख बढिको राजश्व संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालयको कारबाहीबाट ३७ लाख २८ हजार ३ सय ६७ रुपैया राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
जसमा अबैध रुपमा नदिजन्य पर्दाथ उत्खन्न गर्ने ३ वटा जेसीबि र ट्याक्टर १४ वटा कारबाहीमा पर्दा ३ लाख ५० हजार रुपैया राजश्व संकलन भएको छ । त्यस्तै अबैध भन्सार छलीबाट आएको समान बरामत गरि कारबाही गर्दा १८ लाख २५ हजार राजश्व संकलन भएको छ भने १ हजार ९ सय ५० सवारी साधन ट्राफिक कारबाहीबाट १४ लाख ३९ हजार रुपैया राजश्व संकलन भएको छ । त्यस्तै जुवातास खेल्ने २२ जनालाई कारबाही गर्दा उनिहरुबाट १ लाख १४ हजार ३ सय ६७ रुपैया रकम संकलन भएको छ । यि सबै गरि जम्मा ३७ लाख २८ हजार ३ सय ६७ रुपैया राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रज्वल मर्हजनले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१