कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच एकआपसमा झडप हुदा एमालेका ३ जना कार्यकर्ता घाइते भएका छन् । गएराती हुप्सेकोट–१ थारु टोलमा प्रचारप्रसार क्रममा दुइ दलका कार्यकर्ता बिच झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले दिएको जानकारी अनुसार झडपमा परि एमालेका कार्यकर्ता बेलुवा बस्ने ३२ वर्षका मनोज गुरुङ , बेलानी बस्ने २३ वर्षका हरी केसी र ४० वर्षीय चुुडा बहादुर शेरपुन्जा मगर रहेका छन् । उनिहरुको मध्यविन्दु जिल्ला अस्पतालमा समान्य उपचारपश्चात चितवनको भरतपुर रिफर गरिएको डिएसपी पाठकले जानकारी दिनुभयो ।
यस्तै झडपमै कांग्रेसबाट गाउँपालिकाका अध्यक्ष पदकाे उम्मेदवार लक्ष्मी पाण्डे समेत सामान्य घाइते भएको उहाँले बताउनुभयो । चुनाव प्रचारमा कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदकाे उम्मेदवार पाण्डेले प्रयोग गरेको गाडी तोडफोड भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१