कावासोती । नवलपुरमा सत्ता गठबन्धन दलहरुबीच सहमति जुट्न नसकेपछि सबै दलहरुले आ–आफ्नै ढंगले उमेदवारी दिन थालेका छन् ।
नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रसँग सहमतिको प्रयास जारी राखेको छ । तथापि माओवादी केन्द्रले पनि उमेदवारी दिने तयारी गरेको छ । माओवादी केन्द्रले नवलपुरका ८ पालिका मध्ये ४ पालिकाका उपप्रमुख÷उपाध्यक्ष सहित वडाध्यक्षहरुमा उमेदवारी दिने तयारी गरेको छ ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीले पनि उमेदवारी दिने तयारी गरेको नेकपा एकीकृत समाजवादी नवलपुरका अध्यक्ष सालिकराम भट्टराईले बताए ।
उनका अनुसार नेकपा एकीकृत समाजवादीले कावासोती, गैडाकोट, देवचुली, विनयी त्रिवेणी र हुप्सेकोटमा प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्ष सहित वडाध्यक्ष र सदस्यहरुमा समेत उमेदवारी दिने भएको छ ।
बौदीकाली र बुलिङ्गटार गाउँपालिकामा भने केही वडाहरुमा उमेदवारी दिने उनले बताए ।
यसैगरी जनता समाजवादी पार्टीले पनि छुट्टै उमेदवारी दिने तयारी गरेको छ । जसपाले अहिले देवचुली नगरपालिकामा नगरप्रमुख उपप्रमुख सहित अधिकांश पदहरुमा उमेदवारी दिने कृष्ण गौतमले बताए ।
यता कावासोतीमा पनि उमेदवारी दिने गरी वैठक बसिरहेको राम तामाङ्गले जनाकारी दिए । तामाङ्गका अनुसार गठबन्धनसँग कुरा नमिलेपछि नवलपुरका सबै पालिकाहरुमा जसपाले उमेदवारी दिने भएको छ ।
जनमोर्चाले भने केही वडाहरुमा दावी गरेको छ । जनामोर्चाले दावी गरेको वडाध्यक्षहरुमा उमेदवारी दिने गरी तयारी गरेको जनमोर्चाले जनाएको छ ।
नेपाली काँग्रेसले भने अहिलेसम्म कावासोती, देवचुली, गैडाकोट र मध्यविन्दु नगरपालिका नगरप्रमुख बाहेक पालिका प्रमुख उपप्रमुखको अन्य पदमा उमेदवार तय गरेको छैन । नेपाली काँग्रेसका गोपाल वस्ताकोटीका अनुसार काँग्रेस नवलपुरको वैठक उमेदवार तय गर्नका लागि बस्दैछ ।
आज ५ बजेसम्म मनोनयन दर्ता गरिसक्नु पर्ने भएकोले सत्ता गठबन्धन दलहरुबीच सहमति नजुटेपछि आ–आफ्नो ढंगले उमेदवारी दिने तयारीमा जुटेको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१