कावासोती । बैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनका लागि नवलपुरको बुलिङटार गाउँपालिकाबाट अध्यक्षमा लड्न एक उपसचिबले स्वेच्छिक अवकाश लिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पश्चिम नवलपरासीमा कार्यरत डोलराज पाण्डेले उपसचिवबाट स्वेच्छिक अवकाश लिएका हुन् । बुलिङटार–३ का बासिन्दा समेत रहेका उनिले २८ वर्ष सरकारी सेवामा बिताएका हुन् ।
पाण्डे उमेरका कारण १ वर्षपछि अवकाश हुँदै थिए । सरकारी सेवाको अनुभवले स्थानीय तहको विकास गर्ने सोचका साथ राजनीतिमा आएको पाण्डेले बताएका छन् । अध्यक्ष पदका आकांक्षी पाण्डेले आफूलाई कुनै नेताले आश्वासन नदिएको बताए । पाण्डेले नेपाली कांग्रेसबाट उमेद्वार बन्ने बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१