कावासोती । वैशाख ३० गते हुने स्थानीय चुनावमा नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न एक जना उपसचिवले राजीनामा दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव बिष्णुप्रसाद भुसालले देवचुली नगरपालिकाको मेयर लड्न पदबाट राजीनामा दिएको बताएका छन् ।
देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए । निजामती सेवामा २२ वर्ष बिताएका भुसालले विकास प्रशासनमा स्नातकोत्तर गरेका छन् । भुसालले नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने बताएका छन् । यो नगरपालिका कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालाको क्षेत्र पर्छ । ‘कांग्रेसबाट टिकट पाउने भन्ने कुरा छ । म त्यसैको प्रक्रियामा छु,’ उनले भने ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१