गंगा विश्वकर्मा
कावासोती । पूर्वि नवलपरासी (नवलपुर) को मध्यविन्दु ९ मझुवाका सुरेश कुमार सुनारी पूर्व नेपाल प्रहरी हुन् । १७ बर्ष राष्ट्र सेवामा कार्य गरेका उनको दैनिकी अचेल फरक छ ।
दुई वर्ष अगाडीबाट व्यवसायिक बंगुर पालन शुरु गरेका उनको दैनिकी अचेल बंगुर र बंगुरका पाठापाठीको हेरचाहमा बित्छ । नेपाल प्रहरीको जागिर छाडे पछि सुनारीले व्यवसायिक बंगुर पालन सुरु गरेका हुन् । नेपाल प्रहरीको सेवा छाडेपछि बैदेशीक रोजगारमा जाने सोच समेत बनाएका सुनारीले स्वदेशमै केही गर्छु भनेर दश लाख रुपैँया लगानीमा स्वदेशमै व्यबसायीक बंगुर पालन थालेको बताए ।
“प्रहरीको जागिर छोडेपछि बिदेश जाउ भन्ने लागेको थियो । तर बिदेश गएका साथिहरुको कुरा सुने अनि स्वदेशमा नै केहि गर्नुपर्छ भन्ने सोच आयो ।” उनले भने– “१० लाख रुपैया लगानीबाट काम सुरु गरेको हो , ठ्याक्कै यति नै कमाइ भयो भन्ने हिसाब त छैन एक वर्षमा कम्तीमा पनि १२ लाख रुपैया भन्दा माथि कमाई हुन्छ ।”उनलाई व्यबसाय सञ्चालनमा परिवारका सदस्यहरुले साथ दिएका छन् । “घरका सबै मिलेर काम गर्छौं ।”सुनारी भने– “व्यवसायमा परिवारको सदस्यहरुको सहयोग भएपछि कार्य गर्न सहज हुने रहेछ ।” बंगुर पालन गर्ने अधिकांस कृषकहरुले मासुको लागि बंगुर पालन गर्छन् । तर सुनारीले भने आफ्नो खोरबाट बंगुरका पाठापाठी बिक्रि गर्छन् । उनको ग्राहक कृषकहरु हुन । जो व्यवसायिक रुपमा बंगुर पाल्ने चरण छन् । उनि कहाँ नवलपुर सहित चितवन, रुपन्देहीबाट कृषकहरु बंगुरको पाठापाठी खरिदको लागि आउछन् । “मासुको लागि बंगुर पालन गर्ने कृषकहरु धेरै हुनुहुन्छ ।” उनले भने -“मलाई चाहीं ति कृषकहरुलाई पाठापाठी बिक्रि गर्ने सोच आयो ।” बंगुर फर्मलाई अझ बिस्तार गर्ने सोचमा रहेका सुनारीले व्यवसायिक कृषि गर्न सके देश भित्रै थुप्रै अवसरहरु प्राप्त हुन सक्ने बताउछन् । यसको लागि सरकारकले बजारको व्यवस्थापन र आवश्यक अनुदान दिनुपर्ने उनको भनाई छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१