विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले पित्तथैलीबाट पत्थरी निकाल्ने नयाँ प्रविधि भित्र्याएको छ । मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको ढुंगा मुखबाटै निकाल्ने प्रविधि भित्राइएको हो ।
यसलाई ईआरसीपी उपचार पद्धति भनिन्छ । यस पद्धतिबाट पित्त नली चिर्नैपर्ने बाध्यता नहुने चिकित्सकहरु बताउँछन् । यसअघि पित्त नलीको ढुंगा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो ।ईआरसीपी प्रविधि पहिलोपटक पूर्वको अस्पतालमा नोबेलले भित्राएको अस्पताल प्रशासनको दाबी छ । नोबेल अस्पतालका डा. रोहितप्रसाद यादवले विदेशमा यो प्रविधिबाट उपचार हुने भए पनि नेपालका लागि ईआरसीपी नयाँ भएको बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१