कावासोती । सञ्चार सेवा नपुगेको हुप्सेकोट गाउँपालिका वडा नम्वर ५ मा नेपाल टेलिकमको सेवा सुरु भएको छ । हुप्सेकोट गाउँपालिकाको विकट पहाडी क्षेत्र पोखरीमा नेपाल टेलिकमको फोर जी क्षमताको टावर बाट सेवा सुरु गरिएको हो । नेपाल टेलिकमको सेवा एक औपचारीक कार्यक्रमका बिच हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले उद्घाटन गर्नु भएको हो । अहिले सम्म पनि मोवाइल सेवा नपाएका पहाडी क्षेत्रमा गाउँपालिकाको बिशेष पहलमा नेपाल टेलिकमको टावर स्थापना गरि सेवा सुरु भएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भएको छ । हुप्सेकोट गाउँपालिकाको वडा नम्वर ५ मा टेलिकमको टावर सञ्चालनमा आए संगै अहिले सो क्षेत्रमा फोरजी इन्टरनेट सहितको सेवा सुरु भएको नेपाल टेलिकम कावासोतीले शाखाले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१