गैंडाकोट । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् युवा फाट ईन्चार्ज महेश बस्नेतले ञरेनुका बा प्रचण्डलाई जनताका बा ले हराइदिने दाबी गर्नुभएको छ। राष्ट्रिय युवा संघ नेपाल गैंडाकोटको नगर कमिटीको चौंथो नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले आगामी स्थानीय चुनाव र त्यसपछिका प्रदेश तथा संसदीय चुनावमा एमालेकै पल्लाभारी हुने बताउनुभयो ।
कम्युनिष्टहरुको एकता भांडेर कांग्रेसंग मिल्न गएबाट प्रचण्ड र माधव नेपालको राजनीतिक यात्रा ओरालो लागेको भन्दै बस्नेतले अवको चुनावनै अन्तिम यात्रा हुने दाबी गर्नुभयो । आगामी स्थानीय चुनावमा नेकपा एमाले एक्लै लड्न सक्षम रहेको र आवश्यकता अनुसार अन्य साना दलहरुसंग मिल्न सकिने बताउंदै चुनावी तयारीमा लाग्न निर्देशन दिनुभयो । बस्नेतले भन्नुभयो, “गठबन्धन बिना चुनाव लड्न नसकिने निष्कर्षमा उहाँहरु पुग्नुभयो । यो एमालेका लागि सफलता हो कि उहांहरु एमाले बलियो पार्टी हो भन्ने निर्णयमा पुग्नुभयो ।”
नेकपा एमालेले एक घर एक सदस्य,एक टोल एक कमिटी,म जिताउछु मेरो वडा, हामी जिताउंछौ गाउंपालिका , नगरपालिका , वान बुध टु हन्ड्रेड युथ अभियान चलाईरहेको र एक्लै मैदानमा जाने उहाँको भनाई थियो ।
साथै अब गैंडाकोट युवा संघमा आउने नेतृत्व जुझारु र चुनावमा एमाले उम्मेदवार लाई जिताउन लागिपर्ने व्यक्तिहरु आउनुपर्नेमा जोड दिंदै शुभकामना दिनुभयो ।
कार्यक्रमपूर्व युवा संघ गैंडाकोटले बृहत मोटरसाईकल र्याली निकालेर नेता बस्नेतलाई स्वागत गरेको थियो ।
साथै आजनै विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश समेत गरेका छन् ।
अधिवेशनले नयां नेतृत्व समेत चयन गर्नेछ।
विनोद कडेंलको अध्यक्षमा भएको कार्यक्रम जिल्ला संयोजक कृष्ण कडेंलले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका विभिन्न तह र तप्काका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१