गंगा बिश्वकर्मा
कावासोती । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा २६ करोड लागतमा नगर अस्पताल निर्माण हुने भएको छ । संघिय सरकारको १८ करोड लागत र मध्यविन्दु नगरपालिकाको ८ करोड गरि कुल २६ करोड लागतमा नगर अस्पताल निर्माण हुन लागेको हो ।
नगरपालिकाको चोरमारा प्रथामिक स्वाथ्य केन्द्र रहेको स्थानमा १५ सैयाको नगर अस्पताल बनाउन लागेको नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बासुदेब खनालले जानकारी दिए । उनले भने– “डिपिआरको काम सकिएको छ टेण्डर आवहान गरेर जति सक्दो चाडो काम अब अगाडी बढ्छ ” । उनले बुधबार नगरकार्यपालिकाको बैठक बसेर अबको एक दुई महिना भित्रै भौतिक पुर्वाधारको काम अगाडी बढाउने निर्णय भएको समेत जानकारी दिए ।
भौतिक पुर्वाधारको कार्य अगाडी बढेसंगै द्रुत गतिमा काम अगाडी बढाएर निर्धारित समयमै अस्पताल निर्माण सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको समेत खनालले बताए । उनले तत्कालिन प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी हुदाँ नै यो नगर अस्पताल बनाउने निर्णय भएको र अबको दुई बर्ष भित्र नै सम्पन्न गर्ने गरि परियोजना तयार भएको जानकारी दिए । खनालले नगरपालिकामा अस्पताल निर्माण भएपछि जिल्लाको मध्यविन्दु नगरपालिका, विनयी त्रिबेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिकाकाको स्थानियले सेवा सुबिधा पाउने अपेक्षा लिएको बताए ।
उनले यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँन आफुहरु लागि पर्ने समेत बताए । अस्पतालको निर्माण पछि बिशेषज्ञ चिकित्सहरुद्धारा नै सेवाहरु उपल्व्ध हुने भन्दै उनले गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउनका लागि प्रयासरत रहेको समेत उनले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१