गंगा बिश्वकर्मा
कावासोती । कावासोती नगरपालिकाले कृषकको सहजताको लागि ट्याक्टर हस्तान्तरण गरेको छ । कावासोती नगरपालिका वडा न १७ को कनैया कृषक समुहलाई नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले ट्याक्टर हस्तान्तरण गर्नुभएको हो ।
ट्याक्टर हस्तान्तरण गर्दै नगरप्रमुख पुनले विगतका बर्षमा हस्तान्तरण गरिएको टयाक्टर प्रयोग बिहिन भएको र त्यसको मर्मतमा कसैले चासो नदेखाएको भन्दै साधनको संरक्षण गर्न आग्रह गर्नुभयो । ट्याक्टरले दिने सहजतालाई ध्यान दिदै माग अनुसारको समाग्री प्राप्त गरेपछि नियमित मर्मत र सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्ुहको नै हुने उहाँले बताउनुभयो ।
कावासोती नगरपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक नगरसभाद्धारा बिनियोेजन गरिएको ६ लाख रुपैया र कनैया कृषक समुहको ७ लाख ५० हजार रुपैया गरि कुल १३ लाख पचास हजार रुपैयामा उक्त ट्याक्टर खरिद गरिएको कावासोती–१७ का वडाअध्यक्ष छबिलाल थारुले बताउनुभयो । उहाँले कृषकहरुको लागतमा कम गर्नका लागि यस ट्याक्टर निकै उपयोगी हुने बताउनुभयो । योजना माग गर्न भन्दा बढि दुःख प्राप्त गरेको सामाग्रीको परिचालन गर्न हुने भन्दै नगरपालिकाले अपेक्षा गरेअनुसारको नै मर्मतसम्भारमा ध्यान दिएर लाभ लिन थारुले अनुरोध गर्नुभयो ।
कनैया कृषक समुहका अध्यक्ष दिपिका मल्ल महतोले कृषकहरुलाई खनजोतमा नै धेरै लागत लाग्ने भएकाले आफ्नै ट्याक्टर भएमा सहज हुन भएकाले माग गरिएको बताउनुभयो । उहाँले आफ्नो समुहमा २५ जना सदस्य रहेकोले आवश्यक पर्दा कम लागतमा प्रयोग गर्न सकिने र त्यसबाट जम्मा भएको रकम आफ्नै समुहमा राख्ने बताउनुभयो । ट्याक्टर सञ्चालनबाट जम्मा भएका रकमले आवश्यकता अनुसारको सामाग्री जोड्दै जाने उहाँले बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख प्रेमशंकर मर्दनिया, प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङ सहित समूहका कृषकहरुकोे सहभागिता रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१