कावासोती । नवलपरासी पूर्व (नवलपुर) जिल्लामा आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि १६ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार ६ ठूला दलबाहेक १६ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।
आयोगले तोकेको समयमा जिल्लामा रहेका १६ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय नवलपुरको सुचना अधिकारी सुदिप पाण्डेले बताउनुभयो ।
उहाका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले १६ दलले चिह्नका लागि विवरण बुझाएका हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१