कावासोती । विनयी त्रिवेणी गाउँपालिकाको वडा नं. ६ र ७ का सुनौलो हजार दिनका आमाहरुको एक सय ४० परिवारलाई तरकारी बिउ, कुखुराको चल्ला सहितको कृषि सामाग्री वितरण गरिएको छ ।
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिको पशु बिकास शाखा र कृषि बिकास शाखा मार्फत विभिन्न प्रजातिका तरकारीको बिउ र प्रति परिवार पाँच÷पाँच वटा कुखुराको चल्ला वितरण गरिएको हो ।
सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खानेकुरा प्राप्त होस् भनि बिउ र कुखुराको चल्ला हस्तान्तरण संगै करेसाबारी निर्माणको तालिम समेत प्रदान गरेको विनयी त्रिवेणी गाउँपालिका कृषि शाखाका मनोज चापागाईंले बताउनुभयो ।
सुनौलो हजार दिनका आमाहरुलाई आवश्यकता अनुसार पोषणयुक्त खानेकुराहरुको व्यवस्थापन गर्न सक्दा आमासंगै बच्चाको स्वास्थ्यमा समेत फाईदा पुग्ने भएको परिवारले समेत उनिहरुलाई सो अनुसारको खाद्यन्नको व्यवस्थापन गर्नुपर्ने विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रितम गुरुङले बताउनुभयो । स्थानीय सरकारले उपलब्धता गराएको तरकारी बिउ र चल्लाको सहित प्रयोग गर्न वडा नं. ७ का वडा अध्यक्ष गोपाल बहादुर क्षेत्रीले बताउनुभयो ।
तरकारीको बिउ तथा कुखुराको चल्ला वितरण कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका ६ का वडा अध्यक्ष पितम गुरुङ, वडा नंं ७ का वडा अध्यक्ष गोपाल बहादुर क्षेत्री, गाउँपालिका पशु शाखाका रामदेव महासेठ, कृषि शाखाका मनोज चापागाईं, पोषण कार्यक्रमका प्रभादेवी घर्ति, विभिन्न टोलका स्वयम् सेविकाहरुको सहभागिता रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१