कावासोती । पुर्वी नवलपरासीको चालिस किलो जंगलबाट देबचुलीका २ जना युवा लागुऔषध सहित पक्राउ परेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीबाट खटिएको प्रहरीको चेकीङ टोलीले नेपालगञ्जबाट काठमाण्डौं तर्फ जादै गरेकोे ना ६ ख ९६७९ नं. को बसमा सवार २ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा देवचुली–१२ को वर्ष २८ को विजय वल र सोही ठाउको वर्ष ३० को सुन्दर तामाङ् पक्राउ परेका हुन् । उनिहरुको साथबाट नुर्फिन–४९, डाइजापाम–४९ र फेनारगन–४९ लागुऔषध बरामद गरि कानुन वमोजिम अनुसन्धान भईरहेको डिएसपी दिलिप गिरिले बताउनुभयो ।
त्यस्तै सोहि दिन नै तनहुँ व्यास.–२ बस्ने वर्ष ३३ को मोहन शाहीलाई लागुऔषध सहित पक्राउ गरिएको छ । प्र.नं.२ –०३–०२१ प २४३० नं. को स्कुटर सवार उनलाई नुर्फिन–२८, डाइजापाम–२८ र फेनारगन–२८ लागुऔषध सहित नियन्त्रणमा लिई कानुन वमोजिम अनुसन्धान भईरहेको गिरिले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१