कावासाेती । नवलपुरमा नेकपा एमालेकाे १० ओैं महाधिवेशन लक्ष्यित प्रचारप्रसार तिब्र पारिएको छ । चितवनमा यही मंसिर १० देखि १२ गते सम्म हुन गइरहेको महाधिवेशन केन्द्रीत गरेर प्रचारप्रसार तिब्र पारिएको एमाले नवलपुर प्रचार बिभाग प्रमुख यमुनाथ आचार्यले बताउनुभयो ।
आचार्यका अनुसार चितवनमा हुने महाधिवेशनमा नवलपुरबाट मात्रै ६० हजार कार्यकर्ता उतार्ने तयारी गरिएको छ ।
संयाेजक आचार्यका अनुसार गैंडाकोटबाट १५ हजार ,देवचुलीबाट १५ हजार , कावासाेतीबाट १० हजार , मध्यविन्दुबाट ८ हजार, विनयीत्रिवेणीबाट ४,हुप्सेकाेटबाट ३ हजार ,बाैदिकालीबाट ३हजार र बिनयीत्रिवेणीबाट ३ हजार कार्यकर्ता उतार्ने तयारी भएकाे आचार्यले बताउनुभयो ।
बिहिवार कावासाेतीमा एमाले प्रचार बिभागकाे बैठक बसि महाधिवेशनलाई सफल पार्न प्रचारप्रसारलाई व्यवस्थित बनाउने निर्णय समेत गरेकाे छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१