कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको समता शिक्षा निकेतन विद्यालयमा अहिले नयाँ भर्नाको लहर चलेको छ । शिक्षा क्षेत्रमा उल्लेखनीय पहिचान बनाउँदै आएको समता शिक्षा निकेतन कावासोतीमा यो शैक्षिक सत्रमा नयाँ भर्नामा उत्साहजनक वृद्धि भएको हो । वैशाख १४ गते सम्ममा मात्रै २३२ जना विद्यार्थीको नयाँ भर्ना गरेको समता शिक्षा निकेतन कावासोतीका प्रिन्सिपल महेश भुर्तेलले जानकारी दिए ।
विद्यालयका प्रिन्सिपल महेश भुर्तेलका अनुसार समता स्कुलको सुलभ शुल्क, गुणस्तरीय शिक्षा र अनुशासित वातावरणले अभिभावकहरूलाई आकर्षित गरेको हो। “हामीले बालबालिकाको सर्वांगीण विकासमा विशेष ध्यान दिएका छौं। अभिभावकहरूको विश्वास बढ्नु हाम्रो लागि थप ऊर्जा र जिम्मेवारी हो,“ उनले भने ।
नयाँ भर्नाका लागि सबै कक्षामा उल्लेख्य आवेदन आएको छ । विशेष गरी कक्षा १ देखि कक्षा ८ सम्ममा भर्ना लिने विद्यार्थीहरूको संख्या अपेक्षाभन्दा धेरै भएको विद्यालयले जनाएको छ। बढ्दो मागलाई ध्यानमा राखेर विद्यालयले नयाँ कक्षाहरू थप्ने, अनुभवी शिक्षक नियुक्त गर्ने र भौतिक पूर्वाधार विस्तार गर्ने योजना अघि सारेको छ। समता स्कुलले शैक्षिक कार्यक्रमसँगै अतिरिक्त गतिविधिहरू र प्रविधिमा आधारित सिकाइ विधिलाई प्राथमिकता दिएको छ। यसले गर्दा विद्यार्थी र अभिभावक दुवैमा सकारात्मक सन्देश प्रवाह भएको प्रिन्सिपल भुर्तेलको भनाइ छ।
कवासोती ३ देविचोकका अभिभावक सन्तोस पोखरेल भन्छन्, “गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकका कारण हामीले आफ्ना छोराछोरीलाई समता स्कुलमा भर्ना गराएका छौं। भविष्यमा अझ राम्रो प्रगति हुने विश्वास लिएका छौं।“ समता शिक्षा निकेतन, कावासोतीले छोटो समयमै शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउँदै गएको छ।
विद्यार्थीहरूको भर्ना सङ्ख्यामा आएको वृद्धि विद्यालयले हासिल गरेको सफलताको एउटा ज्वलन्त उदाहरण बनेको छ।
कावासोती तथा आसपासका क्षेत्रमा सञ्चालनमा रहेका अन्य निजी विद्यालयहरूको तुलनामा समता शिक्षा निकेतन, कावासोतीले सबैभन्दा सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयले न्यून शुल्कमा समेत अत्याधुनिक शिक्षण पद्धति, अनुभवी शिक्षक टोली र उत्कृष्ट भौतिक पूर्वाधार उपलब्ध गराएको छ। अभिभावकहरूको आर्थिक अवस्था र स्थानीय समुदायको आवश्यकता बुझेर निर्धारण गरिएको शुल्क संरचनाले समता स्कुललाई अन्य निजी विद्यालयभन्दा फरक र लोकप्रिय बनाएको छ। यही कारणले गर्दा पछिल्लो समय विद्यालयमा नयाँ विद्यार्थीहरूको आकर्षण उल्लेखनीय रूपमा बढेको देखिएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१