काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउनुहुने भएको छ । नारायणगढ बजारमा रहेको ६ लेनको सडक उद्घाटन गर्नका लागि प्रधानमन्त्री ओली आज भरतपुर आउन लागेका हुन् । उनका साथमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल पनि साथमा रहनेछ ।
भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडक ६ लेनको निर्माण भएको छ । जसअनुसार चार लेन र दुवै साइडतर्फ थप १–१ सर्भिस लेन तयार निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री ओली आज त्यसको उद्घाटनका लागि चितवन जान लागेका हुन् ।तेस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७७ माघ १७ मा यो सडकको शिलान्यास गरेका थिए, जहाँ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल भने अनुपस्थित भएकी थिइन् ।
एक अर्ब ७६ करोड रुपैयाँ लागतमा निर्माण भएको यो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ ।५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । यसको उद्घाटन आज प्रधानमन्त्री ओलीले गर्दैछन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१