
काठमाडौं । नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड अब यातायात बन्द गरेरै निर्माण गरिने भएको छ । यसका लागि २७ देखि ३१ चैतसम्म दिनको ११ देखि ३ बजेसम्म र १ वैशाखदेखि १५ वैशाखसम्म राति ११ देखि बिहान ५ बजेसम्म यातायात रोक्ने निर्णय भएको छ ।
यसैबीच आयोजनाले यातायात बन्द हुने समयमा सवारीसाधन रोक्ने स्थान सार्वजनिक गरेको छ । नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक सवारीसाधन होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डसम्म रोक्न पाइने छ ।
मालवाहक सवारी भने चोरमारा–अरुणखोला खण्डमा रोक्न सकिने भएको छ ।त्यस्तै बुटवलबाट नारायणघाटतर्फ जाने यात्रुवाहक सवारी भने चिसापानी–बर्दघाट खण्डमा रोक्न पाइने छ । मालवाहक सवारी भने ज्यामिरे–हकुई खण्डमा रोक्न सकिने आयोजनाले जनाएको छ ।
रोकिने सवारीसाधनले सवारी रोक्दा र चलाउँदा कडाइसाथ आफ्नो लेन अनुशासन कायम राख्न र ओभरटेक नगर्न समेत भनिएको छ ।
हेर्नुहोस् सूचना :
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१