
कावासोती । नवलपुरमा स्ववियु निर्वाचन नहुने निश्चित जस्तै भएको छ । यहाँका कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती, मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, देवचुली कलेज रजहर, एसपिएम कलेज गैडाकोट, जनक कलेज गैडाकोट, जनमुखी कलेज अमरापुरी, जनज्योती कलेज प्रगतिनगर, नवजागरण बहुमुखी क्याम्पस चोरमारा, अरुणखोला बहुमुखी क्याम्पस, कालिका सस्कृति पिधापिठ गैडाकोट सहित १० वटा क्याम्पसमा स्ववियु निर्वाचन हुने भनिएको थियो । ति मध्ये ३ वटा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ भने बाँकी क्याम्पसमा मंगलबार मनोनयन दर्ता हुन सकेन ।
नवलपुरमा जारी निर्वाचन तालिका अनुसार मंगलबार साँझ ५ बजेसम्म स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय रहेको थियो । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समिति २०८१ द्वारा क्याम्पस/कलेजमा निर्वाचन समितिलाई जारी थप निर्देशिकाको १२ नम्बर बुदा अनुसार निर्वाचन तालिकाको क्रमसंख्या ६ र १२ नम्बरको बुंदाको कार्यक्रम यथावत हुने गरी आवश्यकता अनुसार क्याम्पस निर्वाचन समितिले निर्वाचन तालिकामा हेरफेर गर्न,थप आचारसंहिता जारी गर्न र मतदानको दिन आवश्यक परेमा समय थप गर्न सक्ने छ उल्लेख छ । तालिका नं. ६ अनुसार मंगलबार मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सो समयमा मनोनयन दर्ता नभएपछि त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समिति २०८१ द्वारा क्याम्पस/कलेजमा निर्वाचन समितिलाई जारी थप निर्देशिका अनुसार नवलपुरको ९ क्याम्पसको निर्वाचन अनिश्चत बनेको हो ।
नवलपुरमा विद्यार्थी संगठनहरुको झैझगडाका कारण नवलपुरका ३ वटा कलेजले स्ववियू निर्वाचन नै स्थगित गरेको छ । नवलपुरको गैडाकोटमा रहेको एसपिएम कलेज, गैडाकोटको अमरापुरीमा रहेको जनमुखी कलेज र रजहरको देवचुली कलेजमा स्ववियु निर्वाचन नहुने भएको हो ।
मंगलबार यि कलेजका निर्वाचन समितिलेसूचना जारी गरी निर्वाचन गर्ने वातावरण नभएको भन्दै तत्काललाई स्ववियु निर्वाचन स्थगित गरेको जनाएको थियो । नवलपुरमा स्ववियु निर्वाचन हुने भनिएका ९ वटा क्याम्पसमा नेकपा एमाले निकट र नेकपा एस निकट अनेरास्ववियुले ताला लगाएको थियो ।
यता नेविसंघले भने निर्वाचनको माग गर्दै कलेज कलेजमा पुग्दै मोटरसाइकल र्याली गरेको छ । कुमारवर्ती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवम् पब्लिक क्याम्पस संघ नवलपुरका अध्यक्ष गुरु सुवेदीले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी भएका कारण नवलपुरका कुनै पनि क्याम्पसमा स्ववियू निर्वाचनका लागि उम्मेदवारी दर्ता हुन नसकेको बताए । सुवेदीले चैत्र ५ भन्दा पछाडि तालिका जाने गरी निर्वाचन गर्न नसकिने बताए ।
यता स्ववियु निर्वाचनको विषयलाई लिएर मंगलबार नवलपुरका विद्यार्थी संगठनहरुबीच भएको छलफल सहमतिमा पुग्न सकेको छैन । मंगलबार साँझ ५ बजेसम्म स्ववियु निर्वाचनका लागि मनोनयनको तालिका रहेको थियो । जस अनुसार नवलपुरका सबै क्याम्पसमा स्ववियु निर्वाचन नहुने निश्चित जस्तै भएको छ । यता कालिका संस्कृति पिधापिठ गैडाकोटको भने चैत्र ४ गते मनोनयन दर्ता र चैत्र १० गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१