नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-१ डिभिजन वन कार्यालय नजिकै बस र इभि हायस एकआपसमा ठक्कर खाँदा हायसमा सवार एक जना यात्रुको मृत्यु भएको छ भने हायसमा सवार अन्य नौ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बसमा सवार १५ जना यात्रु भने सकुसल रहेका छन् ।
आज बिहान काठमाडौँबाट दाङ हिंडेको रा१ख ३३६१ नम्बरको यात्रुबाहक बस र बुटवलबाट काठमाडौँ जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको इभि हायस एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परी हायसमा सवार भारत कोलकत्ता मिधिनिपुर जिल्ला घर भएका अन्दाजी ४० वर्षका शंकर भनेर चिनिने भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी हायस चालक लमजुङको मर्स्याङर्दी गाउँपालिका-९ बस्ने ३० वर्षीय दिनेश न्यौपाने क्षेत्री सहित ८ जना भारतीय नागरिक घाइते भएका छन् ।
घाइते ८ जना भारत कोलकत्ता मिधिनिपुर जिल्ला निवासी रहेकाे प्रहरीले जनाएकाे छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । घाइतेहरुमध्ये २ जनाको अवस्था सामान्य रहेको छ भने बाँकी ७ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१