चितवन । माडी नगरपालिका–१ ध्रुव चोकमा माघ ३ गते गैंडाको आक्रमणमा परी गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा आज (बुधवार) बिहान मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ विकास चोक बस्ने ५५ वर्षीय शिवराज भण्डारी रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ६ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बागमती प्रदेश०६–००३ प ४३३९ नम्बरको मोटरसाइकलमा भरतपुरबाट माडीतर्फ जाँदै गरेका भण्डारीलाई माघ ३ गते दिउँसो साढे २ बजेको समयमा गैंडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई सुरुमा भरतपुर अस्पताल पठाइएको थियो ।
थप उपचारको लागि उनलाई चितवन मेडिकल कलेज लगिएको थियो । घटना भएको छ दिनपछि उनको उपचारको क्रममा मृत्यु भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१