कावासोती । पूर्वपश्चिम राजमार्ग अन्र्तगत दाउन्ने सडक खण्ड अवरुद्ध बनेको छ । बुधबार दिउसोबाट सडक एकतर्फी सञ्चालनमा आएपनी अझै ठुला सवारीको आवतजावत भने ठप्प छ । विस्तारको क्रममा रहेको यो सडक खण्डमा मूलतः उकालो र ओरालोमा शितलहरले बाटो चिप्लो भएका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
बाक्लो हुस्सुले अगाडिको सवारी समेत नदेखिने अवस्था छ । अझ बिहिबार बिहान पश्चिम नवलपरासीको खुर्सानी खोलामा टिपर दुर्घटना भएपछि अहिले ठुला र मालवाहक सवारीको आवतजावत ठप्प भएको प्रहरीले जनाएको छ । दुर्घटनाले ठुला सवारी क्रस गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले ठूला र मालवाहक सवारीलाई पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा रोकेको छ ।
यसअघि पनि वर्षामा सडक हिलो हुँदा उकालोमा सवारी चिप्लिएर सडक अवरुद्ध हुने गरेको थियो । सडक विस्तारको क्रममा दाउन्नेमा सडक एकतर्फी भएर घन्टौँ जाममा बस्नुपर्ने बाध्यतामा रहेका यात्रुलाई थप सास्ती भएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारी जाममा परेका छन् । चिप्लो सकडकका कारण दाउन्नेमा दुर्घटनाको जोखिम रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१