नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार घुस रकमसहित पक्राउ परेका छन् ।
उनीहरूले भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बुटवल कार्यालयबाट गएको टोलीले रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
सेवाग्राहीबाट ६५ हजार रूपैयाँ घुस लिइरहेको अवस्थामा लेखापाल गुप्ताको कार्यकक्षबाट बुधबार उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१