नमुना पोष्टप्रकाशित मिति: २०८१ पौष २४, बुधबार (१७ घण्टा अघि)
Advertisement
नवलपरासी । शितलहरका कारण पुर्व पश्चिम् राजमार्ग अन्तर्गतको दाउन्ने सडक अवरुद्ध बनेको छ।नारायणगढ-बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्डमा मुलतः उकालो र ओरालोमा शितलहरले बाटो चिप्लो भएका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ।बाक्लो हुस्सुले अगाडिको सवारी समेत नदेखिने अवस्था छ ।
बर्दघाट नगरपालिका-४ खुर्सानी खोलास्थित पूर्व-पश्चिम राजमार्गमा हुस्सु तथा शितलहरको कारण बाटो चिप्लो भएर आज बिहान ४ बजेसम्म दुईतर्फी सडक अवरुद्द भएर केही बेर एकतर्फी सञ्चालनमा आएपनी अहिले पुनः दुईतर्फी आवागमन नै अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । प्रहरीले ठूला र मालवाहाक सवारीलाइ पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा रोकेको छ ।यसअघि पनि वर्षामा सडक हिलो हुँदा उकालोमा सवारी चिप्लिएर सडक अवरुद्द हुने गरेको थियो ।
सडक विस्तारको क्रममा दाउन्नेमा सडक एकतर्फी भएर घन्टौँ जाममा बस्नुपर्ने बाध्यतामा रहेका यात्रुलाई थप सास्ती भएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारी जाममा परेका छ्न ।सडक चिप्लिएका कारण दुर्घटनाको जोखिम रहेको छ ।