चितवन । चितवनको रत्ननगर नगरपालिका–१० त्रिनेत्र पेट्रोल पम्प अगाडि मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ । मोटरसाइकल चालक र पछाडि सवार गरी दुवै जनाले मादक पदार्थ सेवन गरेको पाइएको छ । सोमवार बेलुका ७ बजेको समयमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ९३ प ९३७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१३ बस्ने वर्ष ३१ को प्रताप लामा र पछाडि सवार सोहि ठाउँ बस्ने ३२ वर्षीय राजकुमार घलान घाइते भएका हुन् । दुवै जनाको चितवन मेडिलक कलेज भरतपुरमा उपचार भइरहेको छ ।
लामाको अवस्था मध्यम र घलानको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । लामाको घाँटीमा र घलानको शरिरको विभिन्न भागमा चोट लागेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१