नवलपुर । नवलपरासी –बर्दघाट सुस्ता पूर्व) नवलपुरमा एक वर्षमा ३७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । पूर्वाधार विकास कार्यालय मार्फत गत वर्ष जिल्लाका विभिन्न सडकहरू गरी ३७ किलोमिटर सडक कालोपत्रे सँगै आ.सि.सि र पि.सि.सि. गरिएको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख कृष्ण आचार्यले बताउनुभयो ।
जिल्लामा हालै भएको समीक्षा कार्यक्रममा कार्यालयको प्रगति प्रस्तुत गर्दै प्रमुख आचार्यले यस अवधिमा ४ किलोमिटर सडकको चौडाइ विस्तार , ३९ किलोमिटर नाला निर्माण, ११ हजार पाँच सय घन मिटर टेवा पर्खाल निर्माण , १२ वटा कजवे तथा कल्भर्ट निर्माणको काम गरिएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१