बुलिङटार । नेकपा ( एमाले) का युवा नेता एवम् गण्डकी प्रदेश कमिटीका सदस्य विद्रोही गिरीले चुनावका बेला जनताकाे बीचमा सार्वजनिक गरेकाे घाेषणा पत्र पल्टाएर जनप्रतिनिधिले काम गर्नु पर्ने बताउनु भएकाे छ । बुलिङटार गाउँपालिका वडा नं २ काे दाेश्राे वडा अधिवेशनकाे उद्घाटन सत्रमा अाइतबार बाेझामा बाेल्दै उहाँले उक्त कुरा बताउनु भएकाे हाे ।
चुनाव भएकाे अाधा कार्यकाल सकिएकाले घाेषणा पत्रमा उल्लेख्य भएका कति काम पूरा भए साेकाे मध्यावधि समीक्षा गर्दै अघि बढ्नेकुरामा जन प्रतिनिधि र पार्टीका कार्यकर्ता लाग्नुपर्छ युवा नेता गिरीले भन्नुभयाे-” मिसन ८४ मा बहुमत पूरा गर्न सबैले जिम्मेवारी अनुसार काम गर्दा सम्भव छ , नेता र कार्यकर्ता बिशेषका एजेन्डा हाेइन पार्टीको एजेन्डा स्थापित गर्न लाग्नुपर्छ”
कार्यक्रममा प्रदेश कमिटी कमिटी सदस्य गाेपेन्द्र केशरी न्याैपाने विकासकाे अगुवाइ एमालेले मात्र गर्ने दाबी गर्नुभयाे ।
जिल्ला कमिटी सदस्य तथा बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले अबकाे चुनावमा एमालेलाई बुलिङटारमा बहुमत दिलाउने गरि खटिनु पर्ने बताउनुभयाे ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य कृष्ण बहादुर नेपाली ,जिल्ला कमिटी सदस्य, टंक प्रसाद अालेएमाले पालिका अध्यक्ष मनवीर पुलामी र सचिब भाेजकुमार, डिसुवा लगाएतकाले साे अवसरमा बाेल्नु भएकाे थियो ।
अधिवेशनले ठाकुर पालकाे अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन गरेकाे छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१