संसारका सबै सुन्दर जति मेरो हुनु पर्दछ भन्नु भन्दा सबै सुन्दर बनाउने जिम्मा मेरो हो । जसरी रावणले आफुसँग भएको प्राप्तीबाट सन्तुष्टी लिन सकेन उसँग सम्पूर्ण कुरा थियो । तर सुधामासँग केहि पनि थिएन कृष्णसँग भेट गर्न जादा दिन केही वस्तु नभएर कनिका लगेको विषय पनि पढेकै छौ । रावणको त्यो वैभवबाट मर्नु अगाडी पिडा, पश्चातापबाट पिडित थियो भने सुधामाको जिवन निश्चिन्त थियो । प्राप्ती खुसी हो भने प्रयाप्त दुःखी हुनु जिवनलाई असन्तोष बनाउनु हो जन्म र मृत्यु आप्mनो नियन्त्रणमा छैन भने जन्म र मृत्यु बिचको जिवन खुसीसँग संचालन गर्नु वृद्धिमता ठर्हछ । तसर्थ भएको प्राप्तीलाई छोडेर प्रयाप्तताको लागि छोड्नु भनेको फगत मृगतृष्णा हो । अर्थात आवश्यकता र इच्छालाई फरक छुट्याउन नसक्नु हो हाम्रो जिवनमा कमाउनु भन्दा बचाउनु वुद्धिमता हो । बचाउन नसकेको कारणले कमाएको पनि अर्थहिन ठर्हछ । हाम्रो उखान पनि छ भुइको टिप्न खोज्दा गोजीको पनि पोखिन सक्छ त्याप्तताको मात्र पछि दौडिनु भनेको कहिल्यै पुर्ण नहुने इच्छा हो । जसरी मृत्यु र इच्छा पनि अवमुल्यन गर्न, मृत्युपछि भड्किने आत्मा हो । जसरी मृत्यु हुने बेला सम्म पनि इच्छा पुरा हुदैन र मृत्यु भयो भने उसले गन्तव्य पहिल्याउन सक्दैन तसर्थ मृत्यु नजिक आउदा मेरा सबै इच्छा र चाहाना प्रयाप्त भएका छन भनेर ढुक्क हुन सक्नु पर्दछ । अन्यथा इच्छा पुरा नभएकै कारण धुन्धकारीको मृत्युपछि उसको इच्छा घुमिरहेको पछि उसको दाजु गोर्कणले कासीको गयामा गएर विधिपुर्वक श्राद गर्दा पनि धुन्धकारीको आत्मसन्तुष्टी नभएको कारणले दाजु गोकर्णले धेरै चिन्ता गरेको थियो । जिवन सक्षम सवल रहेको अवस्था सम्म इच्छा राख्नु तर शरिर सिथिल असक्त भएर मृत्युको नजिक भएको समयमा पनि आप्mना इच्छा र चाहनालाई तन्काई रहनु भनेको मृत्युपछि पनि आत्म भडकिरहने अवस्था हो । विभिन्न दुर्घटना, आत्महत्या, हत्याका कारणबाट अकस्मात मृत्यु हुँदा उनीहरुको इच्छा जिवितै छ भनेर नारायण वलीको पुजा गर्ने चलन छ । तर त्यसरी पुजा गरेपनि धुन्धकारीको आत्माले शान्ति नपाएको कुरा धुन्धकारी र गोकर्णबाट प्रष्ट हुन्छ ।
जव मानिस मृत्यु सैयामा जानु अगाडी गरिने इष्टमित्र छरछिमेकीको व्यवहार पनि निष्प्रभावी र विरामीको लागि थप कष्टपुर्ण मात्र हुन्छ । बिरामीले पानी समेत निल्न नसकेको अवस्थामा मैले मेरो हातबाट पानी खुवाउछु भनेर चम्चाले पानी खुवाउदा पानी घाटीमा अड्किन कठिन हुने गर्छ । बरु कपासमा पानी भिजाएर ओठमा दलिदिए सर्किने हुदैन । आवाज सम्म नआउने बेलामा रामराम भन्न लगाउने आँखामा बादल लागि सकेपछि मलाई चिन्नु भयो भन्ने मुख खोल्न नसकिने अवस्थामा के खान मन छ ? भनेर सोध्ने ? यि सबै स्नेहहरु वुद्धिमानी होइनन् । तसर्थ मानिस स्वास्थ्य र सक्षम हुने अवस्थामा उसलाई गरिने माया, प्रेम, सहयोग सदभाव, प्रशंसा, आदरभावले महत्व राख्छ । मानिसको मृत्युपछि गरिने पाँच प्रकार ‘स’ को पनि कुनै महत्व र अर्थ छैन । स–सम्पत्ति, स–समय, स–सम्मान र स–शब्द मानिसको मृत्यु पछि उसको लागि यि ५ वटा शब्द पनि मरिसकेको हुनेछ । मृत्युपछि सम्पतिको खर्च, दिइने सम्मान, समयको खर्च र मृत्युपछि गरिने प्रशंसाका शब्द पनि अर्थहिन भएकोले सकेजति मानिस जिवित हुदै गर । जिवित हुदै गरिएको व्यवहारले उसलाई बाच्नको लागि थप हौसला, प्रेरणा पाउन सक्छ तर मृत्युपछि फगत समाजमा देखाउनको लागि गरिएको सम्पत्तिको खर्च, सम्मानका शब्द, समयको खर्च व्यर्थ ठर्हछ । मृत्युपछिको जिवन सुखी चाहने त केवल मुर्ख मानिसको बहस मात्र हो । तसर्थ मुर्ख मानिससँग बहस गर्नु भनेको लामखुट्टे मार्नु जस्तै हो थप्पडले लामखुट्टे मार्ला या नमार्ला तर थप्पड आपैmलाई पर्दछ । मान्छे नैतिकवान हुन आस्तिक हुनु पर्दछ भन्ने हरुका लागि स्विडेनमा ८० प्रतिशत नास्तीक छन अब हामीलाई लाग्छ त्यहाँ अनैतिक छ, अपराध छ, बलत्कार छ, अन्याय छ तर त्यस्तो होइन संसारमा सवभन्दा कम अपराध र धेरै नैतिकता छ । तसर्थ यो कुनै धर्मको कारणबाट होइन शासकमा भएको इमानदारिताको कारण नै हो । अब विवेकका आँखा खोल मोहको निन्द्रामा नसुत, विचारले काम लेऊ, अन्धाको समान ठक्कर नखाउ, धेरै चोटी मरिसक्यौ अब त नमरम, सावधान भइहालम विगतमा भएको गल्तीका कारण पश्चताप र शोक पनि नगर भोलीको लागि मोहमा पनि नपर यहि बिचको बाटो नै सत्यको बाटो हो । यति भनिरहदा पितृको नाममा गरिने श्राद्ध पनि गर्नु हुदैन भनेको होइन । यसका लागि आप्mनो क्षमता औकात र अवस्थालाई मध्यनजर गर्ने र भोली पनि आप्mनो जिवन परिवार, समाज प्रतिको भुमिकामा जिम्मेवार हुनु हो ।
जिउदोहुदा मेरी आमा खाट नभएर भुइमा सुतेको कारणले सर्पले डसेर मरिन स्वर्गमा पनि भुइमा सुतेर सर्पले डस्ने र चिसोले निमोनिया भएको कारणले दुःख पाएको देखिन्छ भनेर कसैले भनेको भरमा ऋण खोजेर आर्कषक सुविधा सम्पन्न पलङ दिन बाध्य बनाउनेहरु प्रति सबैको खबरदारी मात्र हो । यसरी के बुझिन्छ भने खानेहरुले मात्र ओकल्छन र भरिनेहरु मात्रै रित्तिन्छन । मृत्यु भन्दा कुरुप केहि कुरा हुन्छ भने बाच्न घिटिघिटि गरेको जिवन हो । अब अन्तमा केहि जिज्ञासाको खोजी गरौ । भगवानले सबै कुरा देख्छन भने मन्दिरमा सिसिटिभि किन ? भगवानले गल्ती गर्नेलाई पत्ता लगाउछन भने मन्दिरको दानपेटीमा किन साँचो लगाउने ? भगवानले सबै कुरा सुन्न सक्छन भने किन मन्दिरमा चर्को स्वरमा माइक बजाउने ? भगवान सबै कुराले सम्पन्न छन भने किन मन्दिरमा भेटी, प्रसाद चढाउने र गजुरमा सुन र टुडालमा चादी राख्ने ? यि सबै कसका लागि र किन ? त्यसो भए मन्दिरमा भगवान बस्दैन ? धेरै प्रशंसाको आशले भएको विनाशको कथा यमराजले पृथ्वीलोकमा मानिसको आयु सकिएका जतिलाई लिन आप्mना दुतहरु पठाए । पृथ्वीमा आएपछि मृत्युको समय आएको व्यक्तिको घरमा पुगेछन । उ पनि कुशल मुर्तिकार थियो । आफुलाई लिन आउने खबर पाएपछि उसले आफु जस्तै समान खालको छ वटा उस्तै मुर्ति बनाएछ दुत आएर हेरेपछि छ वटै उस्तै छन कुलाई लान पर्ने हो एकिन नै गर्न नसकेपछि ब्रहमालाई सराप्दै कस्तो एउटै मान्छे बनाएका होलान छुट्याउनै सकिएन जाउ यमराजसँग सोधेर फेरी आउनु पर्ला भनेर फर्किए । यमराजलाई भेटेर छ जना भएको र छुट्यान नसकेको कुरा राखेपछि यमराजले दुतको कानमा गएर खुस खुस गरेर अब जाऔ भनेर पठाउछन । उनीहरु पुन त्यहि घरमा आए फेरी पनि उस्तै खालका छ वटा मुर्ति ठडिएको देखे फेरी आजित मानेर दुःख मानेर दुतले भनेछ यस्तो राम्रो आर्कषक मुर्ति बनाउने मानिसलाई भेट्न पाए त उसको पाउमा परेर ढोग्ने थिए भनेर भनेछ त्यति भनेको सुन्ने बित्तिकै छ वटा मध्येबाट एउटा प्mयाट आएर म हो हजुर भनेछ । तसर्थ अहिले सम्मको वुद्धि, विवेक, सिप सबै त्यति प्रशंसाको कारणले जिवन नै समाप्त भयो । आफुसँग भएको प्राप्त सम्मान भन्दा अरुले दिएको प्रयाप्तताको सम्मानको आशमा भएको परिणाम हो । मानिसले कल्पना गरेको स्वर्ग र नर्क मनको अवस्था मात्र हो त्यो कुनै स्थान विशेष भएको कुरा वर्तमानमा कुनै विज्ञान र अनुसन्धानले प्रमाणित गरेको छैन । तसर्थ स्वास्थ्य मात्र यस्तो साथी हो जसले साथ छोड्न थालेको दिन देखि सबै आफन्त र साथीहरुले पनि क्रमशः साथ छोड्दै र विर्सदै जानेछन ।
(लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन ।)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१