कावासोती । नवलपरासी बर्दघाट–४ दाउन्ने जंगलमा रहेको खुर्सानीखोलास्थित पूर्वपश्चिम राजमार्ग एकतर्फी खुलेको छ।
मर्मतपश्चात राजमार्ग एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।
सोमबार साँझ ५ बजेतिर बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको थियो।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१