नवलपुर। नवलपुर प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरी नवलपुरबाट लिन खोज्ने मध्यविन्दु नगरपालिका वडा नं. १० का तिलप्रसाद टोमटाका छोरा ३९ वर्षीय टिकाप्रसाद टोमटालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
टोमटाले नयाँ नागरिकता बनाउनका लागि जन्ममिति लगायत सम्पूर्ण विवरण झुटो पेश गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिए । यसअघि भदौ १३ गते पनि दोहोरो नागरिकता लिन खोज्दा गौँडाकोट नगरपालिका वडा नं. ५ का बलराम सापकोटाका छोरा २८ वर्षीय अर्जुन सापकोटालाई पक्राउ परेका थिए ।
टोमटालाई फौजदारी कार्यविधि सँहिता २०७४ को दफा १४(६) बमोजिम दोहोरो नागरिकता शीर्षकका जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको पौडेलले जानकारी दिए । कुनै नेपालीले झुटो विवरण पेश गरी नागरिकता लिएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र एक लाख रुपियाँसम्म जरिवाना वा दुबै हुने व्यवस्था छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१