कावासोती । कावासोती नगरपालिका वडा नम्बर ७ बाँदरझुला स्थित अमलटारीस्थित नयाँ गोरख गण ‘ख’ गुल्ममा कार्यरत एक सैनिकले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।
धादिङको गल्छी गाउँपालिका–४ निवासी २२ वर्षका सैनिक जवान सुदीप मिजारले शनिबार दिउँसो साढे १२ बजे आफ्नो घाँटीमा गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको श्री गोरख गण कसरा चितवनमा दरबन्दि थियो ।
सोही गण स्थित पोष्टको कोत घरमा रहेको ५.५६ एमएम मिनिमि गनले आफ्नै घाँटीको अगाडीको भागमा गोली हानेको पाइएको प्रहरी नायब उपरिक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
आत्महत्याको कारण भने खुलेको छैन । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१