काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव शुक्रबार आफन्तलाई बुझाउने तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट भइसकेको र परिवारबाट सङ्कलन गरिएको हुलिया ‘म्याचिङ’ सकिएपछि आफन्तलाई बुझाउने तयारी गरिएको हो ।
त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीका दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये ४ जनाको शरीर धेरै जलन भएका कारण पहिचान गर्न केही समस्या देखिएको छ । १४ जनाको भने पहिचान खुल्न सक्ने उनले बताए ।
आज साँझ चार बजेसम्म हुलिया ‘म्याचिङ’ आवश्यक प्रक्रिया सकेर त्यसपछि परिवारलाई शव बुझाइने चौधरीले बताए । आफन्तले उपलब्ध गराएको हुलियाबाट समेत शवको पहिचान नखुलेमा भने डीएनएको प्रक्रियामा जानु पर्ने चौधरीले उल्लेख गरे । डीएनएको प्रक्रियामा गएको खण्डमा भने शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्छ ।
गत बुधबार विमानस्थल नजिकै भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने एकजना पाइलट मनीषरत्न शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१