परासी । पश्चिम नवलपरासीको सुनवलमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । सुनवल नगरपालिका-२ बस्ने ४ वर्षको बालक सामुल नेपालीको मृत्यु भएको हो ।
घरको कोठाभित्र खेलिरहेको अवस्था सर्पले टोकेको प्रहरीले जनाएको छ । उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएपनि उपचारको क्रममा मृत्यु भएको थियो ।
गर्मी बढेपछि जिल्लामा सर्पदंशका बिरामी बढेका छन् । जिल्ला अस्पतालमा दैनिक जसो सर्पले टोकेका बिरामी आउने गर्दछन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१