जुन समाजमा धेरै मन्दिर, चर्च, मस्जिद र गुम्बा बन्दछन त्यो समाजले धेरै मागन्त, भिखारी, रोगी, भाग्यमा विश्वास गर्ने र मृत्युपछिको भविष्य सुन्दर बनाउनेहरुको संख्याहरु वृद्धि गर्दछ । त्यसैगरी जुन समाजले धेरै विद्यालय र अस्पताल निर्माण गर्दछ त्यसले डाक्टर, औषधी उपचार सहितको सभ्य समाज निर्माण गर्दछ । तसर्थ सरकारी सम्पतिले मात्र विद्यालय अस्पताल निर्माण पुरा गर्न नसकेको परिस्थितीमा हामी विभिन्न जातका नाममा, गोत्रका नाममा, वंशको नाममा क्षेत्रको नाममा र धर्मको आधारमा व्यापक र आर्कषक रुपले मन्दिर चर्च, मस्जिद र गुम्बा प्रतिस्पर्धा होइन सुविधा सम्पन्न, विद्यालय, अस्पताल, अनुसन्धान केन्द्र, निर्माण गर्न सक्यौ भने भोलीका पुस्तालाई स्वास्थ्य, सभ्य र सम्मुन्नत समाज हस्तान्तरणमा योगदान पुर्याउन सक्छौ । तर विकास पुर्याएको दृष्टी भन्दा पनि दृष्टीकोणमा परिवर्तन नै समयको माग हो ।
मान्छे मान्छे बिच कोरिने विभेदकारी रेखाका संरचनाबाट हामी र हाम्रो पुस्ताको मुक्ति सम्भव छैन तसर्थ आजबाट नै सिक्ने मानव समुदायनै पृथ्वीको अमुल्य निधी हो भन्ने सोचका साथ साधारण जिवन शैलीबाट सबै मानव जातीको सह अस्तित्व निर्माणमा योगदान पुर्याउन सक्नु नै मानिस अरु प्राणी भन्दा विवेकशिल र वुद्धिमानी प्राणीमा दर्ज गर्न सक्छ । एउटा मानिसको पिडा र विनाशमा म कति जिम्मेवार छु भनेर मनन गर्न नसक्ने हामी कसरी विवेकशिल प्राणी हुन सक्छौ ?
जनावरले पनि आफ्नो जातलाई क्षतिगरी आहार बनाउदैन, सिंहले सिंह मार्दैन, बाघले बाघको शिकार गर्दैन, चिलले चिलको शिकार गर्दैन । भोली पर्सि वा पछि सम्मको लागि भनेर थुप्रै जनावर मारेर थुपारेर भविष्यलाई राख्दैन, सन्तान हिड्न नसक्ने सानो हुदा सम्म आहार ल्याउछ चराले पनि पखेटा लागेपछि उ आपैm बाच्नु पर्छ भन्ने ज्ञान पंक्षिमा समेत यथेष्ट छ । तर हामी मानव समुदाय सन्तानको सातपुस्ता सम्मको लागि सम्पत्ति थुर्पानुपर्छ भनेर वर्तमान आफ्नो नाम, इज्जत, प्रतिष्ठामा कंलङ्कको टिका लगाउदै छौ । आफु, सन्तान र आफन्त भन्दा बाहिर निस्केर, विकास गर्न नसक्नु नै वर्तमान नेतृत्व असफलताको कारण हो । जुन समाज र समुदाय धेरै धर्मका नामले जातका नामले वर्णका नामले र सम्प्रादयका कारणले आपसमा लड्ने, पिट्ने, कुट्ने, नारा जुलुस गर्ने, आतंक मच्चाउने गर्दछन त्यो देशका शासकलाई अझ शोषण गर्न, भ्रष्टचार गर्न, मुलुकलाई अधोगति तिर लैजान मद्धत मिल्छ र उनीहरुले समाज यस्तै विषयमा अल्झि राख्न देश, सरकार, विकास, अन्तराष्ट्रिय रुपमा भएका गरेका सकारात्मक विकास प्रति देख्न बुझ्न नपाउन र हामी शासकहरु यसरी नै २१औं शताब्दीको विकास घर, दरबारमा उपयोग गरौ नागरिकलाई १७औं सताब्दीको अवस्थाका कथा सुनाएर भुलाउदै गरौं । भन्ने कुटील षडयन्त्रको कारण नागरिकको जिवन दिन प्रति दिन संकटग्रस्त भएर चुलिदै छ । दार्सनिक सुकरातलाई ऐथेन्स सरकारले अब तिमीसँग दुइवटा उपाए छ एउटा हो ऐथेन्स राज्य छोड्नु दोस्रो हो हेम्लक विष पिउनु दार्सनीक सुकरातले म जुन देश गए पनि नागरिकको हालत यस्तै छ यस्तो हालत देखेपछि मेरो स्वभाव त्यस्तो विभेद कर विरुद्धमा बोल्नु मेरो धर्म हो त्यसो भएपछि म जहा गए पनि मलाई सरकारले स्विकार गर्ने कुरा भएन तसर्थ म एक दिन मर्नु नै छ, बिरामी भएर पनि मर्नु नै छ, बुढो भएर पनि मर्नु नै, पिष खाएर पनि मर्नु नै छ भने जिवनको अभिलम्ब शर्त भएकाले म मृत्यु नै रोज्छु भनेर सरकारको अगाडी घुडा नटेकेको अवस्था थियो । तसर्थ नागरिक राज्यको यथास्थितीबाट बाहिर निस्कन सकेमात्र मानव जिवन अब्बल ठर्हछ । जुन देशमा अधिकांश युवा शिक्षा भन्दा बढि धर्मलाई महत्व दिन्छन त्यहा उत्पादन गर्ने नभई घण्टी बजाउनेमा बढी हकदार हुन्छन । तसर्थ जुन देशमा धर्मसँगसँगै राजनीति हुन्छ त्यो बढी खतरनाक हुन्छ । तिमी अन्धोको देशमा गएर आँखाको महत्व विषयमा बोल्नु हुदैन त्यहा सबै अन्धा छन तसर्थ त्यहा आखा देख्ने र आखाको महत्वको विषयमा सुन्न सक्दैन आँखा भएकाको पनि आँखा निकाल्न खोज्छन । किन कि हामी सबै अन्धा हुनु पर्दछ भन्ने कुराले महत्व राख्छ त्यस्तो स्थानमा । त्यसो भएर धेरै महान मान्छेहरुलाई मृत्यु दण्ड दिएको हुन्छ । प्राणीहरु मध्ये मानिसलाई पेट भर्नलाई त्यति कठिन छैन जति आत्म भर्नलाई आफ्नो मुखको लागि अरु प्राणी भन्दा जिवन भरीनै दुःखी हुने प्राणी पनि मानिस नै हो । फेरी सन्तुष्टीको लागि टन्न खाएर सुगुर जस्तो सुतिरहनु भन्दा समाज शसक्तिकरणको लागि असन्तुष्टी हुनु मानव दायित्व पनि हो । सबै मानिस शिक्षित हुदैमा नैतिकवान हुदैन । तसर्थ शिक्षित हुनु र नैतिकवान हुनु फरक कुरा हो । यस पृथ्वीमा ८४ लाख जिवहरुमा मानिसले मात्र अधिक धन कमाउछ । कुनै जिव भोकै मर्दैन तर मानिसको कहिल्यै पेट भरिदैन र भौतिक बस्तुबाट सन्तुष्टी पनि प्राप्त गर्न सक्दैन । जिवनमा सुखको लागि भनेर जिवन भरीनै दुःखी हुने प्राणी मानिस नै हो । हाम्रो समाज र देशमा कोही साधारण चोर हुन्छन जुन सामान्य धन, मोबाइल, घडि र सुन चोरर्छन तर राजनीतिक चोरहरुले हाम्रो शिक्षा, स्वास्थ्य र रोजगार मात्र नभएर सि·ो जिवनको भविष्यनै चोरेका हुन्छन जुन एउटा पुस्ता मात्र कैयौ पुस्ता सम्मका लागि जबसम्म हामी जागरुक स्वतन्त्र विश्लेषण गर्न सक्दैनौ ।
मनुष्य जिवनका संर्घष के हो ? मनुष्य जन्मदैमा मनुष्य हुदैन जस्तो कुकुर जन्मदै कुकुर भएर जन्मन्छ, बाघ बाघ नै भएर जन्मन्छ, चरा चरानै भएर जन्मन्छ । कुकुर, बाघ, चराले जति संर्घष गरेपनि उनीहरु अर्को हुन सक्दैनन । तर मानिस जन्मदैमा मनुष्य भएर जन्मदैन उसको कर्मको कारणबाट मात्र मनुष्य रुपमा स्थापित हुन्छ । पृथ्वीका सबै मानिसहरु मनुष्य होइन जो जनावरको स्वभाव भन्दा माथी उठेर आफ्ना क्रियाकलापलाई मनुष्यको लागि प्रेरक र प्रेरणादायक बनाउछ उ मात्र मनुष्य हो गाईले बाच्छा बाच्छीको जन्म दिन्छ केही समय पछि उठेर उ अभैm दुध चुस्न थाल्छ । केही समय पछि उ आपैm चर्न थाल्छ । चराहरुलाई पखेटा लागेपछि आपैm चारो खोज्न थाल्छन् । तर मनुष्य जातीलाई लामो समय सम्म स्यार, सुसार, आहार, बिहार देखि पढाई लेखाईमा परिवार समाज र राज्य समेतबाट लगानी लगाएर पढाउदा पनि कतिपय मानिस मनुष्यको रुपमा देखिने तर चरित्र र आचरण, जिम्मेवारी प्रति जनावर जत्तिको पनि नहुनु भनेको चित्र मात्र मानिसको चरित्र जनावर भन्दा खराब हुनु भनेको सि· पुच्छर बिनाको जनावर जस्तै हो । तसर्थ जनावर जति गलत गरेपनि उ जनावर भन्दा तल झर्न सक्दैन, कुकुर कुकुरनै बिरालो बिरालो नै हो । चरा चरा नै हो । तर मानिस राम्रो असल काम गरेपनि मानिस खराब काम गरेपनि मनुष्य हुन सक्दैन यदी मनुष्य नै हुने हो भने जनावर र मनुष्यको बिचको अन्तर खै ? हाम्रा धर्मका पात्रहरुको पनि चित्रको पनि पुजा गर्दागर्दै फोटो अबिर र अक्षताले पुरिएको छ तर उनीहरुको मर्यादा अनुशासन त्याग, सम्र्पण प्रतिको अनुशरण प्राय शुन्य छ । चित्रको प्रसंशा गरेर नथाक्ने हामी चरित्र प्रतिको चिन्तन शुन्य हुनुको कारण पनि गहिरो अध्ययनको अभाव नै हो । सितालाई आर्दश नारी मानेर पुजा गर्ने तर उनको त्याग, सर्मपण, इमान्दारिता, लगनशिलका मुल्यलाई अनुशरण नगर्ने, रामलाई मर्यादा पुरुषको रुपमा स्विकार गर्ने तर उनको निस्वार्थ भाव, त्याग, आज्ञाकारिता, नैतिकता र जिम्मेवारीको अलंकारलाई हाम्रो जिवनमा लागु नगर्ने प्रवृति नै चित्र महान छ चरित्र गौण छ भन्ने कुरा प्रष्ट छ ।
गौतम बुद्धले म भगवान, इश्वर होइन, मेरो मुर्ति बनाउन पर्दैन तर मेरो ज्ञान विचार, चिन्तन र आचरणलाई स्विकार गर भनेका थिए तर अहिले विचार, चिन्तन, ध्यानमा सर्मपन भन्दा पनि मुर्ति, गुम्बालाई प्राथमिकता दिनुले गौतमबुद्ध मुर्ति प्रधान भयो तर प्राप्त ज्ञान, ध्यान, मार्ग जीवनशैलीलाई ओझेल पार्दै गएको पाइन्छ । विचार दर्शन केन्द्रित भन्दा पनि व्यक्ति केन्द्रितले प्राथमिकता पाएको देखिन्छ ।
(लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाको नियमित विचार लेखक हुन्।)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१