कावासोती । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकालाई सवारी चालक अनुमती पत्र ( लाइसेन्स) बिना सवारी वितरण गरेको भन्दै महालेखापरीक्षकको कार्यालय प्रश्न उठाएको छ ।
गाउँपालिकाले वडा सचिव नारायण प्रसाद ओझा, वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ र उपाध्यक्ष डिल कुमारी केसी सारु मगरलाई झण्डै १० लाखको मोटरसाइकल उपलब्ध गराएको हो ।
गाउँपालिकाले वडा सचिव ओझालाई रु २ लाख ४० हजार ९ सय मूल्यको ग.प्र. ००१ ब ०००७ नं को मोटरसाइकल , वडा अध्यक्ष श्रेष्ठलाई २ लाख ८० हजार ५ सय मूल्यको ग.प्र. ००१ ब ००७५ नं को मोटरसाइकल र उपाध्यक्ष मगरलाई ग.प्र. ००१ ब ०००५१ नं को मोटरसाइकल लाइसेन्स बेगर उपलब्ध गराएको छ । सो बारे महालेखाले प्रश्न उठाउँदै फिर्ता गरी जिन्सी खातामा दाखिला गर्नुपर्ने जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१