चितवन । नवलपरासी पूर्वको कावासोतीबाट काठमाडौं जाँदै गरेको माइक्रोबस चितवनको जलबिरेमा दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन । इच्छाकामना गाउँपालिका ६, जलबिरे नजिक ग १ ख ९१५५ नं. को माइक्रो आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । माइक्रोमा सवार १७ जनामध्ये ३ जना यात्रु घाइते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घाइते हुनेहरुमा नवलपुर कावासोति नगरपालिका ५ बस्ने वर्ष ६० की सन्तुमाया कुमालको खुट्टामा चोट लागेको छ भने
उदयपुर गाईघाट नगरपालिका १५ बस्ने १९ वर्षको जेनिस बस्नेतको अवस्था मध्यम छ । तर , माइक्रोको सहचालक कावासोति नगरपालिका ८ वस्ने वर्ष ३६ का धनश्याम न्यौपाने गम्भीर भएको प्रहरीले जनाएको छ। माइक्रो बसमा पुर्ण रुपमा क्षती भएको छ।
यता विहानकै समयमा चितवनकै राप्ती नगरपालिका २ गड्यौलीचोकस्थित पूर्व -पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख २४२४ नं।को ट्रकमा सोहि दिशाबाट आउँदै गरेको प्रदेश २९०३९००१ च २९५७ नं.को केरा बोकेको बलेरोले ठक्कर खाँदा बलेरो चालक जिल्ला बारा जितपुर उपमहानगरपालिका ३ बस्ने वर्ष २७ को प्रदिप तिमिल्सिनाको मुख र ढाडमा चोट लगेको छ। बलेरोको अगाडिको भागमा क्षति पुगेको छ। दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१