नवलपुर । नवलपरासी पूर्व नवलपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
मध्यविन्दु नगरपालिका –४ मदनपुर बस्ने ३५ वर्षका सूर्य परियारको खोलाले बगाउँदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
आज मध्यान्ह १२ बजेको समयमा मध्यबिन्दु –१ पतवारी स्थित उल्टी खोला तर्ने क्रममा उहाँलाई खोलाले बगाएको थियो । खोजतलास गर्नेक्रममा बगाएको स्थानबाट ७ सय मिटर पर उल्टी खोला र छुकछुके खोलाको दोभानमा सवा दुई बजेतिरको समयमा मृत अवस्थामा फेला पारेको पौडेलले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
यसैगरी जिल्लाको बौदीकाली – १ खारा घर भएका ४८ वर्षका विशाल कार्की खोलाले बगाएर बेपत्ता हुनुभएको छ ।
आज दिउँसो १२ः४० बजेको समयमा गोरू सहित खेतमा काम गर्न जाने क्रममा बौदीकाली – १ स्थित बौदी खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता हुनुभएको छ । उहाँको खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१