हेटौंडा । मकवानपुरमा जंगली च्याउ खादाँ एकै परिवारका सात जना बिरामी भएका छन् । प्रहरीका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका ६ उर्लाघारीको एक परिवार सात जना जंगली च्याउ खाँदा विरामी भएका हुन् ।
बिरामीमध्ये दुईजनाको हेटौँडा अस्पताल र पाँचजनाको चितवनस्थित सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बिरामी हुनेमा ६५ वर्षकी मंगली मायाँ स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धि बहादुर स्याङ्तान, बुद्धि बहादुरकी श्रीमती ३० वर्षीया पासाङ मायाँ स्याङ्तान र उनीहरुका ७ वर्षीय छोरा लासाङ स्याङ्तान रहेका छन् । लासाङको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
यस्तै बुद्धिका दाइ बुद्ध स्याङतानका छोरी १९ वर्षीया लक्ष्मी मायाँ स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र सात वर्षीया आरती स्याङतान रहेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१