नवलपुर । नवलपरासी पूर्व ( नवलपुरको ) मध्यविन्दु नगरपालिकाले घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ । पूर्वपश्चिम राजमार्गको चोरमारा बजारमा नगरपालिकाले शुक्रबारबाट घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो । राजमार्ग बिस्तारको क्रममा चोरमारा बजारमा रहेको सार्वजनिक शौचालय भत्किएपछि यस क्षेत्रका सर्वसाधारण तथा यात्रुलाई शौच गर्न समस्या भइहेको थियो । सोही समस्यालाई मध्यनजर गर्दै घुम्ती शौचालयको व्यवस्थापन गरेको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।
शौचालय नहुँदा यात्रु तथा सर्वसाधारणले शौचका लागि पसल तथा होटेल सामान खरीद गर्नुपर्ने वा होटेलमा बसेर खानुपर्ने अवस्था रहेको थियो । सक विस्तारको क्रममा रहेकाले शौचालय निर्माण गर्न समेत समय लाग्ने हुँदा नगरपालिकाले घुम्ती शौचालय सञ्चालनमा ल्याएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।
वर्षाका कारण चोरमारा बजारको मोड निर सडक चिप्लो भएर सवारी आवागमनमा समस्या भइरहेको छ । सवारी चिप्लिएर गुड्न सकिरहेका छैनन् । जसका कारण यात्रु समेत रोकिनु परेको छ । राजमार्गको कारण चोरमारा बजारमा रोकिएका यात्रु समेतलाई लक्षित पालिकाले शुक्रबारबाट घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१