गैँडाकोट । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नवलपुरको एक सामुदायिक विद्यालयका दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
मध्यबिन्दु नगरपालिका चोरमारामा रहेको नवजागरण माध्यमिक विद्यालयका प्रतिक ज्ञवाली र सौगात पोख्रेलले ४ जीपीए अंक ल्याएका हुन् । जिल्लामै ४ जीपीए ल्याउने यी दुई विद्यार्थी मात्रै हुन् ।
यो विद्यालयबाट ८२ विद्यार्थी पास भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख रुद्र शर्माका अनुसार २०८० को एसईईमा नवलपुरबाट ६ हजार १ सय १५ जना विद्यार्थीले एस.ई.ई दिएको मध्ये ४ जीपीए ल्याउने दुईजना विद्यार्थी रहेका छन् । तीमध्ये २ हजार नौ सय ६८ उत्तीर्ण भएका छन् ।
जिल्लामा रहेका १ सय ३९ माध्यमिक विद्यालय मध्ये ८९ सामुदायिक विद्यालय हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१