दाङ । बाँकेमा बुद्धको मूर्ती चोरी गर्ने तीन जना पक्राउ परेक छन्। पक्राउ पर्नेमा रुपन्देहीको तिलोतमा नगरपालिका-११ का ५० वर्षीय खिमबहादुर कवर, सोही ठाउँकै ५० वर्षीय रामु न्यौपाने र दाङको घोराही उपमहानगरपालिका-१५ का निमबहादुर कवर पक्राउ परेका छन् ।
उनीहरुलाई राप्तीसोनारी गाउँपालिका-८ ढकेरी शम्शेरगञ्जबाट बुधबार दिउँसो पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगी ले जानकारी दिए ।
पूर्व-पश्चिम राजमार्गमा यात्रा गरिरहेका उनीहरूलाई चेकजाँचका क्रममा मूर्तीसहित पक्राउ गिएको डिएसपी डाँगीले बताए । रुपन्देहीका खिमबहादुरले बोकेको झोला चेकजाँचका क्रममा बुद्धको मूर्ती फेला परेको थियो।
यो मूर्ती प्राचिन र बहुमूल्य हुन सक्ने आशंका प्रहरीको छ । त्यसको अध्ययन तथा परीक्षणका लागि पुरातत्व विभागमा पठाउने तयारी प्रहरीको छ । मूर्ती कहाँबाट र कसरी ल्याइएको हो भन्ने बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१